राजनीति
काठमाडौं । बिहारका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार पटनाको लोकभवनमा राज्यपाललाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएपछि नितिश कुमारले बिहारका मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले राज्यपाललाई भेट्नुअघि आफ्नो मन्त्रिपरिषद् विघटनको सिफारिस गरेका थिए।
राजीनामापछि नितिश कुमारले सामाजिक सञ्जालमार्फत् एक वक्तव्य जारी गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै नयाँ बन्ने सरकारलाई आफ्नो सम्पूर्ण सहयोग र मार्गदर्शन रहने उल्लेख गरेका छन् ।
“२४ नोभेम्बर २००५ मा राज्यमा पहिलो पटक एनडीए सरकार गठन भएको थियो । त्यस यता राज्यमा कानूनको शासन स्थापित भएको छ र हामी निरन्तर विकासको काममा लागिरहेका छौं,” आफ्नो कार्यकाल सम्झिँदै उनले लेखेका छन् ।
उनले आफ्नो नेतृत्वमा सबै जाति, धर्म र समुदायको समावेशी विकास गरिएको दाबी गरेका छन् ।