logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

विश्वासको अभावले अमेरिका–इरान वार्ता अन्यौलमा


  • राजनीति
  • बिहिबार, बैशाख १० २०८३

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेशकियानले इरान वार्ता र सम्झौतालाई सधैँ स्वागत गर्ने बताए पनि धम्कीपूर्ण व्यवहार मुख्य अवरोध भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको आह्वान गरेर पटक–पटक धम्की दिएपछि इरानका राष्ट्रपति पेजेशकियाले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । “इरान वार्ता र सम्झौताको पक्षमा छ, आगामी दिनमा पनि रहनेछ । तर वाचा तोड्नु, प्रतिबन्ध लगाउनु र धम्की दिनु वार्तामा सबैभन्दा ठूलो बाधा हो,” उनले भनेका छन् ।

उनले अमेरिकाप्रति संकेत गर्दै विश्वले उसका दाबी र व्यवहारबीचको अन्तर स्पष्ट रुपमा देखिरहेको पनि उल्लेख गरेका छन् । अमेरिका इरानसँग दोस्रो चरणको वार्ता गर्न इच्छुक देखिएको बेला इरानले यस्तो प्रतिक्रिया दिएको हो ।

यता इरानले भने वार्ताबारे चासो नदेखाएपछि इस्लामाबादमा हुने भनिएको दोस्रो चरणको वार्ता अन्यौलमा छ । विश्लेषकहरुका अनुसार दुवै देशबीच विश्वासको अभाव र आपसी आरोप–प्रत्यारोपका कारण वार्ताको वातावरण अझै सहज बन्न सकेको छैन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार