logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

मालीका रक्षा मन्त्री विद्रोहीको आक्रमणमा मारिए


  • राजनीति
  • सोमबार, बैशाख १४ २०८३

काठमाडौं । पश्चिम अफ्रिकी देश मालीका रक्षा मन्त्री साडियो कामारा विद्रोही समूहको आक्रमणमा परि मारिएका छन् ।

राजधानी बामाकोबाट करिब १५ किलोमिटर टाढा रहेको उनको निवासमा जिहादी विद्रोही र पृथकतावादी समूहले संयुक्त रुपमा गरेको आक्रमणमा परी रक्षा मन्त्री साडियोको मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

मालीको सरकारी टेलिभिजनले पनि रक्षा मन्त्री कामाराको मृत्यु भएको पुष्टि गरिसेको छ । उक्त आक्रणमा रक्षा मन्त्रीको परिवारका तीन सदस्यको समेत मृत्यु भएको छ । आक्रमणमा गम्भीर घाइते भएका रक्षा मन्त्री कामाराको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

घटनापछि सरकारले दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । विद्रोही समूहले निशाना बनाएर आक्रमण गरेको काटीमा मालीको मुख्य सैनिक अड्डा रहेको छ। यसलाई पछिल्ला वर्षहरूकै ठूलो समन्वित विद्रोही हमला मानिएको छ।

संयुक्त राष्ट्रसंघले मालीमा बढ्दो हिंसा र आतंकवादप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय हुन आह्वान गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार