logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नक्कली पाइलटले १७ वर्षसम्म प्लेन उडाए !


  • राजनीति
  • बुधबार, जेष्ठ २७ २०८३

क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्।

प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ।

५९ वर्षीय वाललाई १ जुनमा पक्राउ गरिएको थियो। ट्रान्सपोर्ट क्यानडाको अनुसन्धानमा कागजातहरूमा गडबडी भेटिएपछि यो मामिला बाहिर आएको हो।

प्रहरीका अनुसार, वालले सन् १९९८ मा उड्डयन करिअर सुरु गरेका थिए र सन् २००९ मा नक्कली प्रमाणपत्रको आधारमा पाइलट-इन-कमाण्ड अर्थात् क्याप्टेनको पद हासिल गरेका थिए। यसपछि उनी वर्षौंसम्म हजारौँ यात्रुहरू बोकेर उडान भरिरहे।

गत वर्ष पियर्सन एयरपोर्टमा ट्रान्सपोर्ट क्यानडाको नियमित अपरेसनल जाँचका क्रममा उनका कागजातहरूमा कमीकमजोरीहरू भेटिएपछि मात्र यो रहस्य खुलेको थियो। त्यसपछि ‘प्रोजेक्ट इकारस’ नामबाट विस्तृत अनुसन्धान सुरु गरिएको थियो।

अब अनुसन्धान एजेन्सीहरूले आरोपीले कसरी नक्कली कागजातहरू तयार गरे र यति लामो समयसम्म सिस्टमको नजरबाट कसरी बच्न सफल भए भन्ने कुरा पत्ता लगाइरहेका छन्।

(एजेन्सीहरूको सहयोगमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार