प्यारा–प्यारा कप्तानहरू
प्रिय–प्रिय कमरेडहरू
ओ ! हाम्रो जमानाका चरित्रनायकहरू
ए ! इतिहासका निर्माताहरू
इतिहासको फैसला पूरा गर्न
तेह्र फरवरीमा हामीले
काँधमा काँध मिलायौँ
हातमा हात मिलायौँ
र निशाचरका विरुद्ध ब्रह्मास्त्र चलायौँ
लालध्वजा फहराउँदै अघि बढ्यौँ
दुनियाँलाई सुनाउँदै विगुल बजायौँ
निरन्तर विकट पहाडमा उक्लँदै थियौँ
निर्मम वर्गसङ्घर्षका क्रममा विछोड भयौँ
हाम्रो मोर्चा बदलियो
हामी पर्खालभित्र र बाहिर भयौँ
आज त्यो ब्रह्मास्त्रको
निरन्तर भव्य र गुणात्मक धमका
हामीले पर्खालभित्र पनि सुनिरहेका छौँ
र तपाईंहरूसँगै रणभूमिमा छौँ
त्यो विद्रोहको लालपताका
झन्झन् जनलहरका बीचमा फहराइरहेका दृश्य
सिमेन्टेड पर्खालले रोक्न सकेको छैन
हामी तपाईंहरूसँगै रमाएका छौँ
अनि हामी तपाईंहरूसँगै
सिस्ने, जलजला हिमाल र शैलुङका लेकहरूमा हिँडिरहेका छौँ
उपत्यका र तराईका बस्तीहरूमा पुगिरहेका छौँ
वीर कमान्डर सुरेश वाग्लेहरू ढल्दा
हामी तपाईंहरूसँगै शोकसभामा उभिएका छौँ ।
भावविह्वल हँुदै फेरि शक्तिमा बदलिएका छौँ
हजारौँ आमा, दिदी–बहिनीहरूको अस्मिता लुटिँदा
हामी क्रोधले सल्किरहेका छौँ
हो, हामी तपाईंहरूसँगै रणमैदानमा छौँ
प्यारा–प्यारा कप्तानहरू
प्रिय–प्रिय कमरेडहरू
ओ ! हाम्रो जमानाका चरित्रनायकहरू
ए ! इतिहासका निर्माताहरू
ब्रह्मास्त्रको निरन्तर प्रहारले
धर्ती कम्पायमान छ
यस्तो बेला हाम्रै क्याम्पमा पनि कम्पन हुन सक्छ
ब्रह्मास्त्र चलाइरहेका अर्जुनहरूलाई रोक्न
तथाकथित आदर्शका झन्डा बोकेर
पापी कृष्णहरू जन्मन सक्छन्
अत्यन्त सतर्कतापूर्वक अघि बढ्नुहोस्
आफ्ना वीर कमान्डर सुरेश बाग्ले र हजारौँ सहिदहरूको
सुन्दर सपना कहिल्यै नबिर्सनुहोस्
हामी भिन्न मोर्चामा र एउटै उद्देश्यको सङ्घर्षमा
प्राणको ढुकढुकी रहेसम्म
तपाईंहरूकै न्यानो अँगालोमा हुनेछौँ
मस्तिष्कको दूरदर्शनमा
तपाईंहरूकै ओजस्वी, बहादुर, निर्मम र स्निग्ध अनुहारहरू
हृदयमा कोरिरहनेछौँ
स्वीकार्नुहोस् हाम्रो न्यानो अभिवादन
हामी तपाईंहरूसँगै मैदानमा छौँ ।
२८ कात्तिक २०५६, बाजुरा जेल
(कवि सुदर्शन २० वर्षपछि अहिले फेरि नक्खु कारागारमा बन्दी हुनुहुन्छ ।)
यो पनि पढ्नुहोस
विप्लवले पासाङ, प्रभाकर र सुरेशसिंह लाइ सम्झिदै यस्तो
सरकारी प्रतिबन्ध पछि बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जनयुद्धमा सगै लडेका माओवादी योद्धाहरुलाइ स्मरण गर्दै निकै भावुक कुरा गरेकाछन । आफ्नै पार्टी निकट अनलाइन टिभी अन्तरवार्ता दिदै निकै भाबुक र बिचारोतेजक अभिव्यक्ति दिएकाछन ।
युद्ध मोर्चा संगै भएका साथी सहयोद्धाले क्रान्तिलाइ निकै प्रेमका साथ बुझ्ने भएकोले इमानदार क्रान्तिकारीहरु बाट घात र बेइमानी हुन नसक्ने बताएका छन ।
विप्लवले हिजो सगै लडेका सबै इमानदार माओवादी सहयात्री नन्दकिशोर पुन पासाङ , जनार्दन शर्मा प्रभाकर, शक्ति बस्नेत शुरेससिंहदाइ सम्झिदै मुल नेतृत्वले गलत गरेपछी उनिहरु पछि लागेका तर गलत ब्यक्ति नभएको तर्क गरेकाछन । उनले तत्कालीन मुल नेतृत्वले गलत कदम चालेपछि कमरेडहरूको ठूलै संख्या त्यहाँ पुगेको बताएका छन । उनले त्यहा भएका सबै योद्धाहरु हिजैदेखि खराब नभएको तर्क पेश गरेका छन । विप्लवले थप्छन ‘हामी सबै अग्निपथमा हिँडेकै कमरेडहरू त हौं। सबैको ज्यान बमगोलाभित्रै त थियो। हामी हिमालको हिउँमा पुरिँदा, हिउँद—बर्खाका नदीमा बग्दा, दर्जनौं कमरेडहरूलाई एउटै खाल्डोमा दफनाउँदा, मोर्चामा रगत र आँसु पुछ्दै देखेका सपना त एउटै त थिए।’
यो पनि पढ्नुहोस
विप्लवको ताजा अंतरवार्ता
सरकार द्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध, सरकारको प्रतिबन्धविरुद्धको प्रतिरोध, वार्ता र पार्टीका आगामी कार्यक्रमका बारेमा आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका छन् ।
उनले रातो खबर अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा आफ्नो पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउनुको कारण उल्लेख गर्दै भनेका छन्, ‘प्रतिबन्ध दलाल पुँजीवादी शक्तिको साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति हो । वर्गहितमा खडा गरिएको राज्यभित्र वर्गसङ्घर्ष चलिरहेको अवस्थामा हुने प्रक्रिया हो । यो प्रतिबन्ध हाम्रो हकमा मात्र लागू भएको होइन । राज्यले लगाउने प्रतिबन्ध र जनताले गर्ने प्रतिरोधसँग जोडिएको प्रक्रिया हो । हिजो राणाविरुद्ध भएको आन्दोलनमा जनतामाथि लगाइएको थियो । २००८ सालमा काङ्ग्रेस सरकारले कम्युनिस्ट पार्टीमाथि लगाएको थियो । २०१७ सालदेखि पञ्चायतले काङ्ग्रेस र कम्युनिस्टमाथि प्रतिबन्ध लगायो । जनयुद्ध सुरु भएदेखि काङ्ग्रेस र एमाले मिलेर हामीमाथि प्रतिबन्ध लगाए । अहिले केपी—पीके सरकारले हामीमाथि प्रतिबन्ध लगाएको छ । त्यसैले यो नयाँ कुरा होइन ।’
प्रतिबन्ध लगाएलगत्तै यो सरकारले नेकपाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको गिरफ्तारीलाई लिएर विप्लवले भनेका छन्, ‘जनताको बीचमा बसेर सङ्गठनको काम गरिराखेका हाम्रो पार्टीका स्थायी समितिका सदस्य सुदर्शनलगायत ७ जना केन्द्रीय नेताहरू, घरमा बसिराखेका कार्यकर्ता, महिला, शिक्षक, मजदुरहरूलाई यो सरकारले गिरफ्तार गरेको छ ।’
वर्तमान राज्यप्रणालीका विरुद्ध आफ्नो पार्टीले गर्नुपरेको विरोधको कारण बताउँदै उनले भनेका छन्, ‘चैतन्य मिश्रहरूले जति नै टाउको फोेरे पनि, जति नै तर्क गरे पनि पुँजीवादी व्यवस्थाले मानव जातिको कल्याण गर्न सक्दैन भन्ने पुस्टि भैसकेको छ । शान्तिप्रक्रियामा आएपछि काङ्ग्रेस, एमालेहरूले नेताहरूको व्यवस्थापन गर्न खोजे, नेताहरूलाई सुखसुविधामा डुबाएर मोजमस्तीमा रमाउने बनाए । देशलाई पुरानै ठाउँमा छोड्ने काम गरे । हामीले प्रचण्डजीलाई भनेका थियौँ– तपाईंहरूले यही बाटो समाउनुभयो भने हामी जाँदैनौँ है । हामीले काङ्ग्रेस र एमालेलाई भनेका थियौँ– तपाईहरूले प्रचण्ड र बाबुरामहरूलाई समातेको भरमा शान्तिप्रक्रिया टुङ्गिँदैन । तर उनीहरूले त्यही गरे । प्रचण्ड र बाबुरामको व्यवस्थापन गर्नेबितिक्कै, उनीहरूलाई समाउनेबितिक्कै भैहाल्छ भन्ने सम्झिए र जनयुद्धमा उठाइएका जनताका मागहरूको सम्बोधन गरेनन् । त्यसैले फेरि अर्को विद्रोहको आवश्यकता परेको हो ।’
वार्ताका बारेमा स्पष्ट पार्दै विप्लवले भनेका छन्, ‘वार्ताका बारेमा स्पष्ट कुरा के भनिएको छ भने जनता र राज्य, विद्रोही र सत्ता पक्ष, एउटा राज्य र अर्को राज्य, सङ्घर्षशील शक्ति र दमन गरिराखेको शक्तिका बीचमा वार्ता हुने र भैराखेका छन् । यसको हामी निरपेक्ष विरोध वा निरपेक्ष समर्थन गर्दैनौँ । वार्ता हुँदै हुँदैन भन्ने कुरा होइन र सजिलै भैहाल्छ भन्ने पनि होइन । प्रयोगले के साबित गरेको छ भने समस्याहरू आएपछि, सङ्घर्ष भएपछि, विद्रोह भएपछि वार्ता हुन्छन् । वार्ता पनि राजनीतिको एक भाग हो ।’
वास्तवमा नेकपाले गर्न खोजेको सङ्घर्षका बारेमा स्पष्ट पार्दै विप्लवले भनेका छन्, ‘यो क्रान्ति प्रचण्डविरुद्धको लडाइँ होइन, अहिलेका मन्त्रीविरुद्धको लडाइँ पनि होइन, केपीविरुद्धको लडाइँ पनि होइन । यो त पुँजीवादी व्यवस्थाविरुद्धको लडाइँ हो । तर उहाँहरू अगाडि आउनुहुन्छ भने कुनै पनि मूल्य चुकाउन तयार छौँ । यहाँ इन्काउन्टरका कुरा आएका छन् । हामीलाई गोली हान्ने कुरा आएका छन् । यस्तो हो भने हामी पुलिससँग किन लड्छौँ, सेनासँग किन लड्छौँ ? यो राज्यका दलालहरूका विरुद्ध लड्छौँ नि । त्यस समयमा सोच्नुपर्ने हुन्छ ।’