logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कुमार तिम्रो रगतको रातो अक्षरले…..!


  • ओम प्रकाश पुन
  • सोमबार, असार २३ २०७६

अस्तायाे उदियमान तारा
संकेत गर्दै बिहानी काे
रुवायाे जनलाई सारा

निहुरियाे शिर दुश्मन काे
भन्थ्याे हुन्छ मेरो बलिदान
मुक्ति गर्न दुखि जनकाे

चुक्ता गर्याे अाफ्नाे काेटा उसले
बलिदान गरि सहिद अभियानको
धन्य भयाै भाइ कुमार तिमी

चुनाैती भयो हामीलाई पनि
अादेश पालना गर्याै जनक्रान्तिकाे
भयाै महान सपूत तिमी

गर्जिदै छन् तिम्रा सहयाेद्धाहरु
बदला लिन्छौं दुश्मनकाे भनी
रुदैछन् सुकुम्बासी जन छाती पिटी

मारियो हाम्रो प्रिय नेता भनी
शाेकाकुल परिवार भित्र पनि तिम्रो
दन्किरहेकाे छ ज्वाला बिद्रोहकाे

असी बर्षे बुवा खिलराजकाे छ हुँकार
बन्छु भनी सिपाही एकीकृत जनक्रान्तिकाे
साेच्दैछन् अवला छाेराले पनि तिम्रा

बदला लिन्छौं बुवाकाे भनी
उर्लियाे जनसागर सडकमा
तिम्रो अन्त्यस्टिमा जनकाे

कुकुरको सरी हुनेछ मृत्युु
तिम्रा ती हत्याराहरुकाे
हत्या गरे कायरहरुले तिम्रो

कथित मुडभेटकाे नाममा
हुनेछ हत्या तिनको कहिलै
सक्कली मुडभेटकाे ठाउँमा

खेर जाने छैन भाइ कुमार तिम्रो रगतको
जन्मिने छन् हजारौं रक्त बिजहरु
नाश हुनेछन् दुष्टहरु तिनी

जित हुनेछ रक्त बिजहरुकाे
चिन्ता नलिनु भाइ कुमार तिमीले
पुरा गर्नेछौं तिम्रा सपना हामीले

बढार्नेछाै सबै जनहत्याराहरुलाई
एकीकृत जनक्रान्तिकाे भेलले
ल्याउनेछाै बैज्ञानिक समाजवाद हामीले
काेरेर तिम्रो रगतको राताे अक्षेरले

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार