logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एक माइला थुनेर क्रान्ति थुन्न सक्दैनौं !


  • आरोह नेपाली
  • बिहिबार, साउन ९ २०७६

उनिहरु आधीलाइ
पिजडामा कैद गर्ने
दुष्प्रयास गरिरहेछन्
उनिहरु उदाउदो सुर्यलाइ
हत्केलाले छेक्ने दिवा सपना
बुनिरहेका छन्
न आधी पिजडामा
कैद गर्न सक्छौं
न सुर्यलाई
हत्केलाले छेक्न सक्छौं

महाशय
माइला लामा
त्यस्तै आँधी हो
हो माइला लामा
त्यस्तै प्रज्वलित
सुर्य हो
उसको आँखामा बाधेर
कालो कानुनकै काला पट्टीहरु
उसको हातमा लगाएर
प्रतिबन्धको एक थान हत्कडीहरु
ठोकेर उसका खुट्टाहरुमा
फासिवादी करुप नेलहरु
न कैद गर्न सक्छौं
उसको मुक्तिको सपना
न रोक्न सक्छौ
उसका उन्मुक्तिको जाज्वल्य गीतहरु
न ठोक्दैमा नेलहरु
छेकिन्छ उ हिडेको महासमर

महाशय
माइला लामा
अान्दोलन हो
माइला लामा
एक महान अादर्श हो
माईला लामा
क्रान्तिको उर्लिदो सुनामी हो

कहाँ छ
तिम्रो कैद खानामा त्यत्रो सिक्री
जसले अान्दोलन बाध्न सक्छ
कहाँ छ
तिम्रो बधशालामा त्यत्रो तागत
जसले महान अादर्शलाइ मार्न सक्छ

कहाँ छ
तिम्रो अजंगि पर्खाल
जसले क्रान्तिको सुनामी झेल्न सक्छ
एक माइला थुनेर
क्रान्ति थुन्न सक्दैनौं
एक योद्धा मारेर
यात्रा छेक्न सक्दैनौं
एक मान्छे मारेर
आदर्श क्रान्तिको मार्न सक्दैनौं

फेरि ब्युझिनेछन्
बस्तीहरु उसै गरि
उसका तेजस्वी गीतहरुले
फेरि ब्युझिनेछ
शहरहरु उसै गरि
उसका गगन भेदि नाराहरुले
फेरि उठ्दैछ बिद्रोह उसै गरि
फेरि क्रान्ति जुट्दैछ उसै गरि

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार