logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तिम्रो प्रतिबन्ध बिरुद्ध !


  • आरोह नेपाली
  • बिहिबार, फाल्गुन २९ २०७६

उनिहरुले थुन्न खोजे
वेगवान नदिको धारलाई
उनिहरुले रोक्न खोजे
क्रा’न्तिमा हामफालेका
अनवरत यो’द्धाहरुलाई
र कैद गर्न खोजे
उनका कथित हि’रासतमा
यो युगका स्पार्टाकसहरुलाई
उनिहरुले बिर्सिए
इतिहासको महान बिरासत
र रोक्न खोजे

प्रतिबन्धले क्रा’न्तिलाई
शासकहरु बहुलाए
अन्धो भए
र बर्साए लाठी बुट र गो’लिहरु
तर रो’किएन हाम्रो
आश्थाको महान यात्रा
मा’रिए पनि कुमार निरकुमार
तिर्थ घिमिरे र महानहरु
कैद हुदा पनि
वैरीका झ्यालखाना
सुदर्शन माईला उमा र बन्धुहरु
डगमगाएन हाम्रो मुक्तिको ध्वजा
र रक्षानमा फालियो

प्रतिबन्धको एक थान फर्मान
र ज’लाईयो हाम्रो बि’रुद्ध
जारी प’क्राउ पुर्जीहरु
तिमीले यो बुझ
हामी तिम्रो हर आतंकलाई
बुझेरै हिडेका छौं
तिम्रो हर सकुनी चालसंग
एक एक परिचित छौं

हामीले जीवनका गीतहरु गाउदा
तिमीले मृ’त्युको भय देखाउछौं
जे’ल ने’ल र ह’त्कडी
हाम्रो लागि फिका मात्र फिका हुन्छ
हामी त मृ’त्युुमा पनि जीवन देखेर
ल’डिरहेका छौ भि’डिरहने छौँ
आ’तंककारी नै सहि
हामी जु’धिरहन्छौ
तिम्रो कथित प्र’तिबन्ध संग

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार