logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रीय सखा, कठिन छ सपना देख्न


  • आरोह नेपाली
  • शनिबार, चैत्र १ २०७६

थाहा छ सखा
सपना देख्न कति कठिन हुन्छ
सुत्यो निदायो अनि देख्यो

कहाँ त्यस्तो सपना हो र?
आफुलाई बारबार लुटिरहने
विभेदको घनले पिटिरहने
बाधेर दलनको साङ्लोमा
हाम्रै खुन पसिना चुसिरहने
ठालु महाजन बि’रुद्ध
बिद्रोहको मसाल सल्काउदै
वर्गिय मुक्तिको लागि
सपना देख्न साच्चिकै कठिन हुन्छ

प्रीय सखा
त्यस्तो सपना
आलिसान महलको
मखमली बिस्तराहरुमा
मस्त निदाएर देख्न सकिदैन
तिम्रो बिश्वबिद्धालयको
कुनै पुस्तकहरुमा
पढेर पनि देख्न सकिदैन
साच्चै भनौं
सपना देख्न साच्चिकै कठिन हुन्छ
आफैलाई गिज्याईरहेको
यो खुनी वर्तमान बि’रुद्ध
घर घरबाट उठिरहेको
प्रतिक्रान्तिको झन्झावात बि’रुद्ध
क्रा’न्ति र समाजवादको आलोकमा
मुक्तिको सपना देख्न साच्चिकै कठिन हुन्छ
कठिन हुन्छ हारमा पनि
जीत देख्ने सपना देख्न
कठिन हुन्छ मृ’त्युमा पनि
जीवन देख्ने सपना देख्न

प्रीय सखा
साच्चै यस्तो सपना देख्ने कठिन हुन्छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार