काटिदा क्रान्ति
ढाटिदा क्रान्ति
घरबारी क्रान्ति
दरवारी क्रान्ति
भोकमा क्रान्ति
झोकमा क्रान्ति
गाउमा क्रान्ति
दाउमा क्रान्ति
मोर्चामा क्रान्ति
मंचमा क्रान्ति
किल्लामा क्रान्ति
बिल्लामा क्रान्ति
बस्तिमा क्रान्ति
मस्तिमा क्रान्ति
बन्दुकमा क्रान्ति
सन्दुकमा क्रान्ति
जनको क्रान्ती
धनको क्रान्ति
पानीको क्रान्ति
जवानीको क्रान्ति
लालमा क्रान्ति
दलालमा क्रान्ति
ढुंगामा क्रान्ती
जुँगामा क्रान्ति
कासनमा क्रान्ति
भाषणमा क्रान्ति
जनवादमा क्रान्ति
धनवादमा क्रान्ति
जाने क्रान्ति
खाने क्रान्ति
आटको क्रान्ति
ढाट्को क्रान्ति
बिचारको क्रान्ति
बिमारको क्रान्ति
कामरेडमा क्रान्ति
दाम रेट्मा क्रान्ति
चेतले क्रान्ति
खेतले क्रान्ति
जोगाउदा क्रान्ति
ढोगाउदा क्रान्ति
खारामा क्रान्ती
नारामा क्रान्ति
फर्मेशनमा क्रान्ति
फर्माइसमा क्रान्ति
ढल्दा कान्ति
फल्दा क्रान्ति
जित्दा क्रान्ति
घिच्दा क्रान्ति
खासमा के भयो क्रान्ति ?
मथिङ्गल माथिका प्रश्नको भरिया
हेड सरको कोट हेर्छु
रम्तेलकी आमा सम्झिन्छु
बेनोजको बुवा खोज्छु
वासुका बासना खोस्रीन्छु
कैयौं बा चिन्न नपाएका
कैयौं सिउदो सकाएका
के हुन्छ कमरेड ?
पुर्व कमरेडको प्रतिउत्तर
आफुले त स्कुल फेरियो
कक्षा पनि फड्कियो
रमाइलो छ रातै छ
नपत्याए हेर्नुस् रातो टाइ
क्रान्ति गर्नुछ अझै मलाइ
बाकी छ धेरै गर्न अरु
तपाइले बुझ्नुहुन्न के गरु
यस्तै फेहरिस्त सुन्दै थिए
फोनमा कसैले #प्रज्वल सुनायो
जिउ जिरिङ्ग
आखामा आगो बल्यो
ब्वस्थाको बानेश्वर तिर फर्केर
चिच्याएर भन्ने
बदलिएछ क्रान्ति
बधाइ छ कामरेड !