logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

जीवन र दृष्टिकोण !


  • विपि बिद्रोही
  • मंगलबार, चैत्र २५ २०७६

मैले जे भोगे त्यो नै मेरो जिन्दगी हो
मैले जे देखें त्यही नै मेरो दृस्ठिकोण हो
मैले जे सिकें त्यही मेरो बौद्धिकता हो
मैले जे गर्न सक्छु त्यो नै मेरो क्षमता हो ।

नहुन सक्ला ,
मैले भोगेको जिन्दगी तपाईको जस्तै
छैनन् होला तपाई र मेरा आखाहरु एकै
नहुन सक्लान तपाई र मेरा सपनाहरू एकै
तपाई म भन्दा धेरै बलियो हुनुहुन्छ
र बुद्धिमान पनि !
सक्षम छ तपाईंको बौद्धिकता
आफुतिर खिच्न पुँजि,
नअटाउलान खुसिहरु मेरो मस्तिस्कमा
सुखसयल र खुसिहरु तपाईंको क्षमता हो
दुख पीडा संघर्ष मेरो आफ्नै रोजाइ हो ।

हजुरबुबाले हलो जोत्नुभो…
मैले जिन्दगिको रङ माले गोरुको पुछारमा देखे
बा ज्यामी बन्नुभो,
मैले जिन्दगीको परिभाषा
पसिनाको धारामा देखे
म मजदुर बनें ।
मेरो गाउको रोगले कहिल्यै देखेन
सिटामोल
मेरो झुपडिले गरेन कल्पना
सपनिमा पनि इन्जिनियरको
दसैं ले कहिल्यै देखेन
हजारको नोट
न देख्यो कहिल्यै भजालो ले
दाल ?
आमाले कहिल्यै देख्नु भएन
मालिक्नी बन्ने सपना
यहि हो मेरो जिन्दगी भोगाइ ।

मेरो जिन्दगीको भोगाइको जगबाट बनेको छ
मेरो जीवन दृष्टिकोण
सिनेमा हेरेर
तपाईं नायक हुने हुने चाहना राख्दा
सामन्तीहरुलाई ठिक पार्ने मेरो सपना थियो
तपाईंले महल ठड्याउने सपना देख्दा
मैले सिमेन्टको नाम सुनेको थिइन
तपाईंले आफू बदलिने सपना देख्दा
मैले संसार बदलिने सपना देखें
तपाईले धनि हुने सपना देख्दा
मैले सबै समान हुनुपर्ने सङकल्प गरें ।

दुख पाएकाहरुलाइ सहयोग गर्ने
तपाईको बौद्धिकता हो
मान्छेहरुले किन दुख पाइरहेछ्न ?
मान्छेहरुले दुखै नपाउन भन्ने
मेरो सङकल्प हो।

संसार बदल्ने सहास गर्ने मेरो क्षमता हो
मेरो बौद्धिकता हो
मेरो दृस्ठिकोण हो ।

त्यसैले जिन्दगी आ-आफ्नै
भोगाइ र दृस्ठिकोण पनि
बौद्धिकता र क्षमता आ-आफ्नै हुन्छ
सङकल्प र बुझाई पनि

२०७६/१२/२४

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार