logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कुरिरहेछु लाल्टिन निभाउनेको मृ’त्यु !


  • डी बी सर्वश्रेष्ठ
  • मंगलबार, चैत्र २५ २०७६

लाल्टिन निभाएर बिभत्स ह’त्या
गर्छन् पुजीवादीहरु
दिउँसै रात पारेर उज्यालोको
सन्देश छर्छन नक्कली
प्रजातन्त्रबादी हरु
ती को हुन् ?
ती सिरियाका बालक हुन् ?
ती मजदुर हुन् ?
ती क्रा’न्तिकारी लेखक हुन् ?
ती कलाकार हुन् ?
ती त खास पुजिबादी शासकहरु हुन् !
साम्राज्यवादिहरु हुन् !
ती आतंकबादी हुन् !
आफ्नो स्वार्थका लागि
बम बर्साउछन् !
बन्दी गृहम चरम
या’तना दिन्छन् !
मानव अधिकारका खोक्रा कुरा
गर्छन् !
बोल्न प्रतिबन्ध लगाउछन् र
जेल हाल्छन ।
हो ति नै साम्राज्यवादहरुलाइ
लुटने स्वतन्त्रता छ ।
हामी त्यसैको सिकार
भएका छौ !
हामीलाइ जन्जिरले बाधिएको छ !
हामिलाइ लाल्टिन निभाएर
चुटिएको छ!
कृतिम अन्धकार भित्र
मानवअधिकारको  नारा
गुन्जिरहेका छन् ।
छानी छानी
मान्छे मा’रिरहेका छन् !
मानिसका जीवन
अन्दकार झै छ।
उज्यालो को कृतिम
नाटक गरिरहेछन् ।
एक दिन पक्कै त्यो नाट्कको
पर्दा उदाङ्गिने छ !
उज्यालोको दिप
बल्ने छ ।
उज्यालोको प्रकाश सगै
पुजिबादको अन्त्य हुनेछ !
हो त्यही दिन मानव अधिकारले
पहिलो प्राथमिकता पाउने छ
हो यो त्यसैको सन्देश
कुरिरहेका छन् मानिस हरु
पुजिबाद साम्राज्यवादको अन्त्य ……..कुरिरहेका छन् !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार