भैरे
नकरा भो आखिरीमा
जति मंहगो भए पनि के भयो त
तैले राज्यको चट्नी चाट्न
पाएकै छस्
अलि अलि छोरा छोरीका
लागि छात्रावृत्ति मिलाएकै होला
अनि तलाइ के भो छोड्दे
म तलाइ थप सुबिधा
भन्दिछु ।
नकरा भो …
बरु गाउँमा गएर मेरो बारेमा राम्रो कुरा
गरेस् है
तल भिर मुनिको बाटोको पैसा
मिलेर खाए न भनेस्
कतै पनि मेरो छोरी बुहारीलाइ
नियुक्ति गरेको कुरा न भनेस् ।
चट्निमा थोरै अरु केही मिलाउला
तल त्यो बिर्खे कामी निकै बौलाउदैछ रे
कैले सहिदका सपना बेचर खाए भन्छ रे
कहेले दलाल र भष्ट्र भएर गाउँका
नदि नाला बेचेर सके भन्छ रे
त्यस्लाइ अलि सम्झाउनु बुडेसकालमा
पागल खाना पुग्लास है भनेर
नभए चुप लागेर बस्नु भन्दिनु ।
चट्नी संग थोरै तीन पाने मिलाउला
भैरे
म आउदा फुल पाती
राम्रो सग तयार गर्नु है
सम्मान त पहिलेको भन्दा नि उच्च
हुनुपर्छ नि
छिमेकी हरुले कति धेरै लोक प्रिय
भएछ है ।
हाहाहाहा……भन्नै परो
त्यस्को लागि चट्निमा थोरै
हुस्की मिलाउला ….
आखिरीमा मलाइ के को चिन्ता
ठुला ठुला मेडिकल कलेज मेरै हो
नभन्नुनी
बिदेशी मित्र जन मेरै
देसको सबै निकाय मेरै हातमा
निहु खोज्नेलाइ
मुन्टियाएर जेल कोच्छु
अलि बढी गर्नेलाइ आतंककारी
भन्छु
हाहाहाहा …..
चट्निमा अरु केही थपौ त ?
नभन्नु नी सबै मेरो भनेर
भैरे
मलाइ के मत्लब जो सुकै
बिरामी भएर मरुन
जो सुकैले पढ्न न पाउन
के मत्लब ?
भैरे
चट्नी थपौला
तर गाउँमा नेताजी ले गरिब र
निमुखाको पक्षमा
काम गर्दै हुनुहुन्छ भनिदिनु है
भैरे ला एक बोतल हुस्की
एक बिटो लेर जा
तलाइ थाहा छ यो बिटोमा
कति छ भनेर
एक लाख छ है ………
चट्नीको स्वाद लिनु
भैरे
ल जा तलाइ गाह्रो भएमा आउनु
तर गाउँमा राम्रो सग लाग्नुनी
हाहाहाहा………
सहिदको सपना
गरिबको मुद्दा
हेर त यसरिनै पैसामा
साटिन्छ ।
तर भ्रष्ट
बिदेशी दलाल
माफियाका नाइके भन्दा
ताली बजाएर नहास्नु नि
चट्नी फेरि बन्द हुन्छ …हाहाहा ….