प्रत्येक वर्ष मैले आमको मुख हेर्ने दिनमा कबिता लेख्ने गरेको छु , यस वर्ष पनि मैले कविता लेखेको छु जसको शीर्षक रहेको छ “वेश्या वा आमा ” कृपया पढ्ने प्रयास गर्नुहोला)
र’ण्डी वा आमा
गएको पुरै वर्ष भरी
के तिमीले कसैलाई रण्डी भनेका छौ ?
थाहा छ ? र’ण्डी पनि कसैकी आमा नै हुन्छिन ।
भा’लुनी वा आमा
यो वितेको पुरै वर्ष भरी
के तिमिले कसैलाई भा’लुनी भनेका छौ ?
हो त्यो भालुनी पनि कसैकी आमा हुन्छिन ।
कमारी वा आमा
गएको पूरा वर्ष भरी
के तिमिले कसैलाई कमारी भनेका छौ ?
के थाहा ? कमारी पनि कसैकी आमा हुन्छिन भनेर ।
बो’क्सी वा आमा
वितेको वर्ष भरी
तिमिले कसैलाई बो’क्सी भनेका छौ ?
बुझ बो’क्सी पनि कसै न कसै कि आमा नै हुन्छिन ।
वे’श्या वा आमा
वितेको वर्षै भरी
के तिमिले कसैलाई वे’श्या भनेका छौ ?
हो त्यो वे’श्या पनि आमा नै हुन्छिन ।
तिम्रो व्यवस्थाले मेरी आमालाई र’ण्डी बनाउछ
वे’श्या र कमारी बनाउछ
बोक्सी र भा’लुनी बनाउछ
उसैलाई बजारको माल बनाउछ
तर ! तर प्रकृतिले उनिलाई नै मेरी आमा बनाउछ
ए ! प्रजातन्त्रको पगरी गुथेको पा’खण्डी व्यबस्था
ओइ ! धर्मात्मा समाज
आज हटाई दे ! तेरा सम्पूर्ण सब्दकोषहरूबाट
धर्मको नाटक मात्रै लेखिएका
मानवतालाइ मेटाईएका
तेरा सबै धर्मशास्त्रहरूबाट ती सारा शब्दहरू मेटाई दे
जसले पल-पल मेरी आमाको अ’स्मिता लु’टिरहेका छन
धर्मशास्त्र , सहिंता र सब्दकोषरूमा कि त आ’गो लगाई दे !
कि ती सारा सब्दहरूलाई मेरी आमाका प्रयावाची बनाईदे ! !