जीवन गुमराह मा राखेर
ऐतिहाँसिक भौतिकवादको आलोकमा
यसु, अल्लाह र भगवान जपेर
बालुवाटार ,खुमलटार, शितलनिवास र सिंहदरबार हरु मा
बुरुक्क बुरुक्क उफ्रीदै बुर्कुसी मार्ने माननीय मनुवा!
हुदाखाने को अभाव
सडक को छट्पटाहट
गरिखानेहरु को आहत
भोकाहरु को राहत
मिलिजुली बाँड्ने!
हाँसिखुसी खाने !!
मालको थुप्रोमा सुरक्षा राखेर
नझिम्क्याइ आँखा मस्त सुत्ने !
पच्छ्याउदै धनको भकारी ,
हिड्दै, दगुर्दै लडिबुडी गर्दै
बुर्कुसी मार्ने महान मनुवा !!
गरिबको गाँस
झुपडीको बाँस
श्रमजीवीको हाँसो
सर्बहाराको नासो
भेट्टाए जति सबै हसुर्ने !
चक्रीय ब्याज मा नाफा असुल्ने !
बुद्धको दिब्यवाणी सुनाउने
मार्क्सको बितरण प्रणाली अबलम्बन गर्ने!
गान्धीको अहिंसा लाई अगाल्ने
सत्तामा बिराजमान
भाषणमा पोख्त माननीय मनुवा!
अशक्तहरु को मलम
असाह्यहरु को कलम
बोल्नेहरु को मुख
बिरोधिहरु को सुख
निचोरेर, थिचोरेर, चिथोरेर
भर्पाइ आफै सुम्पिने !
अक्षर अक्षर को जाल बुनेर
शब्द शब्द मा न्याय दिने
पत्र पत्र मा समानता दिने
न्याय, स्वतन्त्रता र समानता को लागी
लड्ने माननीय मनुवा!
यतिको शासन चलाउने
ओम्निको सत्ता टिकाउने
भकारिमा सुन थन्क्याउने
गोरे हरु लाई खोर थुन्ने!
अनेक अनेक उल्झन गर्न
ब्यक्तीले बिधि उल्ट्याउने
राजनितीको कुटिल चालमा
ब्यबस्थाको धुरी चढ्ने !
नैतिकताको कमिसनमा
पारदर्शीताको जलप लगाउने !
जिउदाहरु को गाँस छिन्ने
मुर्दाहरु को पेट भर्ने
सताब्दीका सिर्जनशील
युगौं युग का पुजारी,
महानताका महान
सम्मानका सम्मानित, माननीय मनुवा !