बार्ता बर्गिय समस्याको समाधान होइन ।
बार्ता वर्गसंघर्षको बर्बर बिसर्जर्न हो !
क्रान्ति विरुद्धको घातक हति’यार हो !
प्रतिक्रान्तीको सुचक हो !
बर्ग पर्तीको घा’त हो !
क्रान्ति गलत व्यवस्था विरुद्ध लडिने यु’द्ध हो !
दृस्ठिकोण व्यवस्थालाई बदल्ने हो भने
बार्ताले क्रा’न्ती कहिले गर्दैन।
बार्ताले सम्झौता गर्छ।
सम्झौता व्यवस्था परिवर्तनको घोतक होइन।
पुरानो मक्किएको व्यबस्थामा बिलिन हुनु हो !
प्रतिक्रियावादी सत्तामा घुलित हुनु हो !
पुरानै शासन प्रणालीमा गणतन्त्रको लेपन लगाएपछी
क्रान्ति निर्मला जस्तै बला’त्कृत हुनु हो ।
नवराज बिक जस्तै सामुहीक ह’त्या गरिनु हो !
तिर्थ कुमार लाई झै गो’लि प्रहार गरिनु हो।
भोकले छट्पटीएको सुर्यबहादुर जस्तै सडकमा ह’त्या गरिनु हो ।
बार्ता क्रा’न्ती बिरोधी ग्यास च्याम्बर हो ।
सम्झौता क्रान्तीको अस्तित्व अस्विकार गर्ने धरिलो ह’तियार हो ।
हो क्रा’न्ती गर्न असजिलो छ।
घर त्याग्न पर्छ।
परिवार छोड्न पर्छ ।
आफ्नो वि’रुद्ध आफै लड्न पर्छ।
टुक्रा टुक्रा भएको शरीर हिडाउन पर्छ।
आजिवन हतकडीमा रमाउन पर्छ।
कालकोठरी हिरासतमा बल्नु पर्छ।
यातनाका झोक्काहरु लाई कुल्चिनु पर्छ।
तर
खोइ कहाँ छ सम्झौता
मानव जीवनको उत्पती नै क्रा’न्ती हो !
आमाले प्रसव पीडा संग सम्झौता गरेको भए
मानव जीवन गर्भ मै तुहिन्थ्यो ।
कबिला हरुले क्रा’न्ती नगरेको भए
बिज्ञान कबिला युग कै ह’तियार हुन्थ्यो।
दासहरु ले क्रा’न्ती नगरेको भए ,
समाज दास युग कै जन्जिरमा हुन्थ्यो।
मानिसको खुट्टमा सांङ्लो बाँधिन्थ्यो ।
माल बनाएर दास बेचिन्थ्यो ।