चुनमाङबाट काठमाडौ चट्ट
काठमान्डौ बाट दिल्ली झट्ट
मिल्यौ की मिलायौ सरकारमै स्वाट्ट
जनयुद्धका उपलब्धी पारेयौ ख्वात्
झापाली झोलमा झ्वाम परेयौ
मच्चियौ पिंक झै
फुलेउ बम झै
डेट गयो रेट घट्यो
बजारमा बिक्न छोड्यौ
अनि सर्दैछौ सडक तिर
बोल्दै छौ बिद्रोही झै
कमरेड,
अब ब्यापार तिर फर्किएको
खुसुक्क सोध्छु नरिसाइ भन्नु
कमरेड तिमि फुटेको की चर्किएको ?
कर्णालीको कान्ला तिर
फुटेका चुडी, छुटेका पौला
तिम्ले त के सम्झिन्छौ हौला
परिवार भेट्दा गोही झै रौला
घाइते र बेपत्ता तिमिलाइ नौला
के भन्दै, लिवाङबाट लाजिम्पाट सर्किएको
खुसुक्क सोध्छु नरिसाइ भन्नु
कमरेड तिमि फुटेको की चर्किएको ?
दलाल देखाउथ्यौ
गद्दार गन्थेउ
धोखेबाज चिन्थेयौ
भाषण गर्थ्यौ
भाटा हान्थेउ
खोइ नथाक्ने बचन ?
के भो नभाग्ने नारा ?
थाहा छ कमरेड
कस्तो छ क्रान्तिलाइ ?
के खान्छौ र तिम्ले उ जस्तै लर्किएको
खुसुक्क सोध्छु नरिसाइ भन्नु
कमरेड तिमि फुटेको की चर्किएको ?
याद छ ,
तिम्रो बिदाइमा
कर्णाली कसरी धर्किन्थ्यो
रोल्पाली कसरी वर्षिन्थ्यो
गण्डकले कस्तो गित गाउथ्यो
मध्यले कस्तो मान गर्थ्यो
पुर्वले कसरी पुकार्थ्यो
बिर्सेयौ तराईको तातो
पहाडको प्यार
अनि हिमालको हावा
कुर्ची भाँचियो देख्यौं
आसु निथ्रीए पछि फर्केउ
बाघ हु भन्थ्यौ त
बिरालो सग किन थर्किएको
खुसुक्क सोध्छु नरिसाइ भन्नु
कमरेड तिमि फुटेको की चर्किएको ?
कुमार मारिदा के मोल्दौ थियौ
विप्लवलाइ छेक्दा के छाम्दै थियौ
किसान रुदा के सुन्दै थियौ
मजदुर मारिदा के बुन्दै थियौं
नेत्रलाइ निमोठ्दा के नाप्दै थियौ
के रमाउनु उ फाल्न उस्तैले पर्खिएको
खुसुक्क सोध्छु नरिसाइ भन्नु
कमरेड फुटेको की चर्किएको ?