logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रतिगमन !


  • उषाकिरण 'आजाद'
  • आइतबार, फाल्गुन २३ २०७७

रगतले कोरिएका
ती लालकिल्लाहरू मेटिदाँ
बुटहरूले भत्काइदा जनअदालातहरू
जिवनसंग साटिएका ती हतियारहरू
तिमिले नै समर्पण गर्दा
प्रीय सखा
तिमिलाई प्रतिगमनको आभासै भएन ||

काख रित्तो बनाएर आमाहरूका
लालाबाला टुहुरा राखेर घरहरूमा
साँचेका ती अजम्बरी सपनाहरू
कुर्चिसँगै तिमीले सौदाबाजी गर्दा
प्रीय सखा
तिमीलाई प्रतिगमनको आभासै भएन ||

आफैले आफ्नाहरूमाथी नै प्रतिबन्ध लगाउदा
आफ्नै एजेण्डा
आफ्नै रगत
आफ्नै खुन पसिना माथी
तिमीले नै प्रतिबन्ध लगाउँदा
आदरणीय सखा
तिमीलाई प्रतिगमनको आभासै भएन ||

हिजो तिम्रै ढाल बनेर
तिम्रै सुरक्षाकालागी
तिम्रै आदेशको रक्षा गर्नेहरूको
आज एक एक गरेर चिरहरण भैरहदाँ
पराई देशका ती बिराना गल्लिहरूमा
प्रीय सखा
तिमिलाई प्रतिगमनको आभासै भएन ||

प्रीय सखा,
जब आउछन काँडाहरू तिम्रा हिड्ने बाटाहरूमा
तिमी जनताको जनयुद्ध सम्झिन्छौ
जब ठेस लाग्छ तिम्रा खुट्टाहरूमा
अनि तिमी जनमुक्ति सेना सम्झिन्छौ
आफै अन्यायको कठघरामा उभ्याईन्छौ जब
अनि जनताको जनअदालत सम्झिन्छौ

प्रीय सखा,
आज तिम्रो भाग खोसिन लाग्यो होला
तिम्रो टेक्ने जमिन हल्लिन थाल्यो होला
जब तिम्रो आवाज
विरालोको म्याउ जत्तिको पनि नहुने भयो होला
जब हावाले पनि हल्लाउन थाल्यो
झुटमाथी बनाईएका तिम्रा ति भ्रमका महलहरू
ओ मेरो प्रीय सखा,
तिमी जनयुद्ध सम्झिरहेका छौँ
आज जनआदालत सम्झिरहेका छौ
तिमीले लालकिल्ला सम्झिरहेका छौ
श्रावण भएको छ तिमी चिच्याउन थालेका छौ
अचेल जोड जोडले रून थालेकाछौ
र माईकिङ गरिरहेकाछौ चोक र चौतारीबाट
भनिरहेछौ प्रतिगमन भयो !

प्यारो सखा,
यो प्रतिगमन त नौलो नै होइन
जो तिमिलाई आजमात्रै आभास हुनगएको छ
किनकी यो प्रतिगमन
जनयुद्धले फुलाएको राता फुलहरूमाथि
रगत र पसिनाले आर्जेका लालकिलाहरू माथी
रित्ता राखेका कोखहरूमाथि
आफ्नै र आफ्नाहरूको रगतैको होलि खेलेर
हासिल गरिएका ति अदर्शहरूमाथि
तिमिले नै एक दशक अघि गरेको
उहीँ निर्मम प्रतिगमनको
अर्को अध्याय भनू
अर्को संस्करण भनू
या भनू विस्तारित रूप मात्रै हो !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार