आमा तिमी बन्दुक बोक
अब तिमी शिकारी बन
म बन्दुक देख्न चाहन्छु तिम्रो हातमा
देख्न चाहन्छु म तिमी शिकारी बनेको
मलाई माया गर्छ्यौ भने मेरी आमा,
मेरै लागि भएपनी तिमी शिकारी बन
आफ्नै घरबाट सुरु गर आमा
अब लोड गर तिम्रो बन्दुक
बनाउ मै लाई तिम्रो पहिलो निशाना
तिमी शिकार गर आफ्नै छोराको
तिमिलाई मेरो बिन्ती छ आमा
अब तिमी शिकारी बन
उनिहरूलाई देखेर तिमी आँसु नझार आमा
तिमी तिनिहरूलाई बलिया नदेखे
तिनीहरू त तिमिले नै छेरेर फालेका स्याल हुन
अब स्यालको शिकार गरिदेउ
आमा अब तिमी शिकारी बन
मख्ख नहोउ तिमि एक दिने शुभकामनाले
यहाँ सिकार हुनुपरेको छ तिमी हजारौं पटक
मेरो शिकार हुने समय आईसकेको छ आमा
मुक्त गरिदेउ तिम्रो छोरालाई
यो पृत्तिसत्ताको सिंहासनबाट
आमा मेरो कन्चटमा तिमी बन्दुक ताक
तिमी अब मेरो शिकार गर
तिमी दयालाग्दी नबन
मेरी आमा तिमी डरलाग्दी बन
अपमान सहेर फेरी महान नबन आमा
तिमी एक चोटिलाई मूर्ख बन
आमा तिमी दयाउनी नबन
तिमी भयंकर भयाउनी बन
आमा अब तिमी शिकारी बन
तिमिले मेरालागी आफ्ना सबै खुशी दियौ
मैले जे माग्यो त्यहि पुर्यायौ
आज तिमी संग केही माग छैन मेरि आमा
बिन्ती ! मेरो शुभकामना छ
तिमी मेरा लागि शिकारी बन शिका