युद्ध विसर्जन गरिसकिएपछी
नायक साहुमा बदलिएपछी
सहिदको सरिरलाई ओडाईको झण्डा
बडेमानको केकलाई ओडाईएको छ
र क्रान्तिको चिहानमाथी
केकहरू काटिन थालेका छन
मनाउन थालिएको छ जन्मदिन
पतली गल्लिमा भुक्न छाडेका कुकुरहरू
अचेल मसानघाट तिर भुक्न थालेका छन
पुछ्छर हल्लाएर भक्ती गरिरहेका छन तिनले
आफ्ना साहुका ढोका ढोकाहरूमा
फेसबूकका भित्ताहरूमा
बधाईको ओईरो लागिरहेको छ
उपाधिको भयानक पहिरोका बिच
कसले ठूलो उपाधि प्रदान गर्ने भनेर
एक पछि अर्को होड चलिरहेको छ बजारमा
र दिनथालिएको छ
क्रान्तिकै चिहानमा जन्मदिनको बधाई
एका बिहानै
मोबाईल हेर्दै गरेको सहिदको छोराले
तहसनहस पारिएको क्रान्तिको भग्नावशेष माथी
फेसबूकमा आफ्नो पुर्व नायकको बधाई देखेर
गहभारी आँसु पार्दै
आफ्नो सहिद बाबाको जन्मदिन सम्झिरहेको छ ।।