logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

ए शिवगढी, रोक्नुहुन्न क्रान्तिको गाडी !


  • तुफान सिंह 'कालिकोटे'
  • बुधबार, चैत्र ९ २०७८

कहिले पनि रोक्नु हुन्न क्रान्तिको गाडी
नयाँ जोस उमंग बोकि आउदैछ शिबगढी

ए सिबगडी !!
सबैले हेर्दै छ्न शिबगढी !!
साच्चिकै ईतिहास बन्ने छ शिबगढी!!

कथित दलालहरुको कु -प्रचारको
प्रदाफास हुने छ शिबगढी !!

लाखौं लाख युगान्तकारी युवाको भबिस्य
निधारण गर्ने आयम बन्ने छ शिबगढी !!

साच्चिकै अधुरो क्रान्तिको झण्डा निरन्तर
उठाउने बिश्वास बन्ने छ शिबगढी!!

कथित राज्यको प्रतिबन्धको कारण अहिले पनि
जेल मोर्चा लड्नेहरुको हौसला बन्ने छ शिबगढी!!

अधुरो क्रान्तिलाई पूरा गर्ने आधी भेरि
बन्ने छ शिबगढी!!

साम्राज्यवादि दलाल हरुका विरुद्ध
लड्ने साहस बन्ने छ शिबगढी!!

कथित संसदिय ब्यबस्थाका विरुद्ध
डटेर लड्ने साहस गर्ने छ शिबगढी!!

कथित संसदिय ब्यबस्थाको चुनाव होईन
जनमतसंग्रहको चुनाव मा जाने निर्णायक
भुमिका खेल्ने छ शिबगढी!!

हाम्रा होनहार १२ जना महान शिहिद हरुको
सपना साकार पार्ने एउटा महत्त्वपूर्ण भुमिका
खेल्ने छ शिबगढी!!

साच्चिकै क्रान्तिको ज्वाला लिएर
आउने छ शिबगढी!

हजारौंको ध्यानाकर्षण भएको शिबगडी
ईतिहास कोर्ने छ शिबगढी!!

अन्तत क्रान्तिकारी हरुकै जित सहित
एकीकृत जनक्रान्तिको झण्डा फहराउदै
बैज्ञानिक समाजबाद ल्याउने
दृढता बन्ने छ शिबगढी !!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार