चारै तिर हर्ष उल्लास थियो म भने
क्रान्तिको झण्डा झुक्ने डरमा निशब्द भए
कतै प्रचार कतै बहिषकार मत हेरिरहे
अब जनताले गर्नेछ्न तिर्स्कार म निशब्द भए
सहिदले भन्दै थिए मेरो आफन्तको खबर के छ
यो शब्द सुन्दा सुन्दै निशब्द भए
कथित राजनीति फोहोरी खेलमा म पनि त डुबेरैछु
सोधपुछ गर्दै थिए ती सहयोद्धा जेलमा म निशब्द भए
भन्ने गर्थे क्रान्ति एउटा परिबर्तन हो
यहाँ त सत्ता प्राप्तिको एउटा बाटो भयो म निसब्द भए
पिडिमा बसरे छोरा आउने दिन गन्दै
कहाँ कुन बैरिले मार्यो भन्दै यो शब्द सुन्दा निशब्द भए
छोराले दिएको सपनाको समाजबाद हेर्ने रहर पूरा नहुदै
गर्व मै तुईने डरले निसब्द भए
क्रान्तिकारी भन्नेहरु शहरको एउटा अलिसान महलमा ।
१२ जना निर्दोष युवाहरुका सपना यो बैशाखको खहरे भेलमा म निसब्द भए ।
रोल्पा अनि कालिकोटमा क्रान्तिले गति लियो
बैज्ञानिक समाजबाद भन्दै युवाहरुलाई धोका दियो भन्ने शब्दले निशब्द भए।।
क्रान्ति क्रान्ति भन्नेहरु उता छुट्यो रेल
निश्चित मान्छे पावर र पैसामा पुगे सयौं कार्यकर्ता जेल भन्ने प्रश्न मा निसब्द भए
यो ब्यबस्था चाहिन्न भन्दै हिडेको मेरो साथी आज
शहर पस्यो रे क्रान्तिलाई अलपत्र पारी उतै बस्यो रे भन्ने प्रश्न ले निशब्द भए
लेख्न मन त कति कति परिबर्तनको खाका
आफ्नै साथी स्वार्थी बन्ने खोल्दैछन रे साखा भन्ने प्रश्न ले निशब्द भए।।
क्रान्तिको कालो पर्दा बल्ल थाहा भयो
एउटा उता बोल्दै गर्दा अर्को उता गयो भन्ने प्रश्न ले निशब्द भए
सत्ताको भर्याङ्ग जहिले निर्दोष युवाहरु
क्रान्तिलाई हाक्न पर्छ उठ युवा बरु
भन्ने प्रश्न ले निशब्द भए
कालो पर्दा हटिसक्यो कति लुकाउछौ तिम्रो मुहार
क्रान्तिको झण्डा झुक्ने छैन सदाबहार भन्ने प्रश्न ले निसब्द भए