logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काठमाडौमा हतियार सहित दुइ जना गिरफ्तार


  • राजनीति
  • बिहिबार, बैशाख १२ २०७६

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट कीर्तिपुर पाँगा बस्ने बारा पतरहट्टा गाउँपालिका–२ का प्रिन्सकुमार सिंहलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले आज पक्राउ गरेको छ ।

नाइट्रोभेट १५० ट्याबलेटसहित प्रहरीले सिंहलाई कलङ्कीबाट पक्राउ गरिएको हो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरको उडानबाट काठमाडौँ आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाड्मुसलाई हतियारसहित पक्राउ परेका छन् ।

भन्सार कार्यालयका कर्मचारीले उनको हाते ब्याग जाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुकजस्तो देखिने कालो रङ्गको हतियार एक थान र १७७ क्यालिबरको गोलीको प्याकेट तीन थान फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बुधबार साँझ पक्राउ परेका उनको विषयमा महानगरीय प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार