राजनीति
काठमाडौँको अत्तरखेलमा गोली चलेको छ । प्रहरीले जोरपाटीको अत्तरखेलमा कुख्यात लुटेरा भनेर चिनिएका छिरिङ तामाङ उर्फ ‘काका’ लाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।
तामाङलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिन अपराध महाशाखाको विशेष टोलीले दुई राउन्ड गोली प्रहार गरेको हो । प्रहरी देखेपछि उनी भाग्न लागेपछि प्रहरीले गोली चलाउनुपरेको बताएको छ ।
महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाका अनुसार तामाङलाई नियन्त्रणमा लिने क्रममा घुडामुनि प्रहार गरिएको हो । तामाङ उपत्यकामा भएका ठुलठुला चोरीका घटनामा संलग्न रहेको प्रहरीले बताएको छ ।
घाइते तामाङलाई उपचारका लागि अत्तरखेलस्थित एक अस्पतालमा भर्ना गरिएको छ । घट्नाबारे विस्तृत विवरण आउन बाँकी छ ।