logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मुख र योनीमा कपडा कोचेर हत्या प्रयास


  • राजनीति
  • शनिबार, जेष्ठ २५ २०७६

अभिभावकसँगको रिसइबी साँध्न दुई वर्षीया बालिकाको हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया टोलकी ४० वर्षीया कलावती देवी गिरीलाई प्रहरीले पक्राउ गरेको हो । कलावतीले दुई वर्षीया बालिकाको मुख र योनीमा कपडा कोचेर फालेको आरोपमा पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

घर अगाडि खेलिरहेकी बालिकालाई एकान्तमा लगी हातखुट्टा बाँधेर महिलाले मुख र योनीमा कपडा कोचेर फालेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको राठौरले बताए ।

महिलालाई जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको राठौरले जानकारी दिए ।अन्नपूर्ण पोस्ट् दैनिकले समाचार छापेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार