logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एसिडकाे सिकार बनिन १५ बर्षिया ‘मुस्कान’


  • राजनीति
  • शुक्रबार, भाद्र २० २०७६

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै शुक्रबार बिहानै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ ।

पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चौकमा शुक्रबार बिहान ६ बजेर १० मिनेटमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । खातुन वीरगञ्जमा आफ्नो मामाघरमा बस्दै आएकी थिइन् ।

पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका माजिद आलमले खातुनमाथि एसिड प्रहार गर्दा उनको दाहिने गाला, छाती र हात जलेको एसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई जानकारी दिए ।

राठौरका अनुसार मुस्कानलाई कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचारका लागि पठाउने तयारी भइरहेको छ ।

प्रहरीले एसिड प्रहारमा संलग्न मुख्य व्यक्ति सम्साद मियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । माजिद आलम भने फरार रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार