logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माछापाेखरीबाट २ पेस्तोलसहित ७ जना पक्राउ


  • राजनीति
  • आइतबार, भाद्र २२ २०७६

प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ ।

शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले गुण्डागर्दीमा संलग्न ७ जनालाई २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरेको पुष्टि गरे ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार काठमाडौं प्रहरीले पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार