logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एसिड आक्रमण गर्नेलाइ कडा कार्वाही गर्न क्रान्तिकारीकाे माग


  • राजनीति
  • आइतबार, भाद्र २२ २०७६

विप्लव निकट अखिल (क्रान्तिकारी ) ले  वीरगञ्ज छपकैया स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षिय किशोरी मुस्कान खातुनमाथि शुक्रबार गरिएको एसिड प्रहारप्रति घोरनिन्दा गर्दै अखिल (क्रान्तिकारी)ले दोषी उपर कडा भन्दा कडा कारवाहीको माग गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारी पर्सा जिल्ला इन्चार्ज सुभाषले शृखलाबद्ध ढंगले यस्ता घटना घटिरहँदा पनि सम्बन्धित राज्य प्रशासन मौन बस्नु पिडितलाई थप पिडादिनु भएकाले अबिलम्ब एसिड आक्रमणकारीलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै घाईते मुस्कान खातुनको उचित निःशुल्क उपचार तथा क्षतिपूर्तिको समेत माग गरेका छन् ।

क्रान्तिकारीले नगरपलिकालाई ध्यान आकर्षण गराउदै विद्यार्थीहरुको शान्ति सुरक्षाको समेत माग गरेको छ । एसिड प्रहारले उनको शरीरको एक भाग पुर्ण रुपले जलेको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट मुख, हात, छाती र पाखुरामा गम्भिर घाउ भएको छ । मुस्कानको काठमाडौ स्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार