logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

निर्मला प्रकरण : अनुसन्धान पुन दिलिप बिष्टमाथी नै किन ?


  • पत्रपत्रिका
  • मंगलबार, मंसिर ३ २०७६

कन्चनपुरकि १३ बर्षिया बालिका निर्मला पन्तकाे बलात्कार पश्चात् ह’त्याको घटना अहिलेसम्म दाेषि पत्तो लागेकाे छैन । तर प्रहरीले भने पुन दिलिपसिहं बिष्ट माथि नै अनुसन्धान थालेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् ।

दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध दर्ता गरेको किटानी जाहेरी र प्राविधिक टोलीको प्रतिवेदनलगायतले अनुसन्धानमा सघाएको बताएका हुन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको ब’लात्कार र ह’त्या प्रकरणमा दिलीपविरुद्ध दुर्गादेवीले दिएको किटानी जाहेरीका सम्बन्धमा सोमबार स्थानीइ प्रशासनको ध्यानार्कषण गराइएको छ ।

अनुसन्धानको दायरा साँघुरिँदै गाएको प्रजिअ वैद्यको भनाइ छ । दिलीपविरुद्ध परेको किटानीलाई प्रशासनले गम्भीरताका साथ लिएको उनले दाबी गरे । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार