logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

निर्मला प्रकरणलाइ ट्विस्ट गर्ने चर्चित पत्रकार भण्डारी पक्राउ


  • राजनीति
  • बुधबार, मंसिर ४ २०७६

कन्चनपुरकि १३ बर्षिया बालिका निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीस्ट गराएर राष्ट्रियस्तरमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्राउ गरेको हो ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको मुद्दामा पक्राउ गरिएको बताए ।

भण्डारीले मंगलबार दिउँसो कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलना मुद्दामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफू अदालत गएको जान लागेको समेत समाजिक सञ्जालमार्फत बताएका थिए ।

पन्तको बलात्कारपछि हत्या प्रकरणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा कञ्चनपुर जिल्ला अदालतले असार ३० मा भण्डारीलाई १ रुपैयाँ जरिवाना भराएर १ घण्ट कैद सजाय तोकेको थियो ।

निर्मला प्रहरणमा उनले सामाजिक सञ्जालमा निरन्तर लेख्दै सो प्रकरणलाई नै आफ्नो पक्षमा पार्ने प्रयास गर्दैै आएका थिए ।

पन्तको ०७५ साउन १० गते बलात्कार पछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । त्यसयता हत्यामा संलग्नलाई पक्राउको माग गर्दै लामो समय आन्दोलन समेत भएको थियो । तर सो प्रकरणमा अहिलेसम्म दोषी फेला पर्न सकेको छैन । हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन एसपी डिल्लीराज विष्टसहित दर्जनको हाराहारीमा प्रहरी निलम्बनमा परेका थिए । यसैबीच भण्डारी १ घन्टा कैद भुक्तान र १ रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार