logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जनकपुरमा पैसा छर्ने दुई महिला पक्राउ


  • राजनीति
  • शनिबार, बैशाख ६ २०७७

जनकपुरधाममा रकम छरेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । नातामा उनीहरू नन्द र भाउजू हुन् ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले रकम छरेर फरार दुवै महिलालाई जनकपुरधाम–७ स्थित निवासबाटै नियन्त्रणमा लिएको जानकारी दिए ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महावीर चोकमा रु १० को झण्डै १५ वटा नोट छरेर उनीहरू फरार भएका थिए । नोट छरेर फरार भएपछि यो क्षेत्रमा त्रास बढेको थियो ।

उनीहरुले रकम किन छरेको हो ? भन्ने सन्दर्भमा अनुसन्धान हुन बाँकी रहेको कार्कीले बताए । कार्कीले छरिएको नोट कोरोना संक्रमणसम्बन्धी शंकास्पद भएकाले परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जानकारी दिए । त्यहाँबाट रिपोर्ट आएपछि बाँकी प्रक्रिया अगाडि बढाइने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार