को’रोना भा’इरस (को’भिड–१९) परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालातर्फ गइरहेका एक सवारी चालकको म्यानमारमा गो’ली हा’नी ह’त्या भएको छ ।
म्यानमारको पश्चिमी प्रान्त रखाइनबाट स्वाब बाेकेर याङ्गुनतर्फ गइरहेका युवकको गो’ली हा’नी ह’त्या भएको हो ।
संयुक्त राष्ट्रसंघका अनुसार, विश्व स्वास्थ्य संगठनको गाडीमा स्वाब परीक्षणका लागि यान्गुन लैजाँदै गर्दा गो’ली प्र’हार भएको हो । गो’ली हानी ह’त्या गरिएका गाडी चालक २८ वर्षका प्याए सोन विन माउङ रहेको जनाइएको छ ।
ह’त्या गरिएका ती युवक विगत तीन वर्षदेखि (डब्ल्यूएचओ) का लागि काम गर्दै आएका थिए ।
आ’क्र’मणमा एक स्वास्थ्यकर्मी पनि घा’इते भएका छन् । उनको अहिले उपचार भइरहेको बताइएको छ ।
अहिलेसम्म म्यानमारमा एक सय १९ जना मानिसमा को’रोना भा’इरसको सं’क्रमण देखिएको छ भने पाँचजनाको यसबाट मृ’त्यु भइसकेको छ ।
यो क्षेत्रमा सरकारी सेना र अराकन चरमपन्थीबीच यु’द्ध जारी छ । को’रोना भाइरसको महामारीको समयमा यु’द्ध’विरामको लागि अनुरोध गरिए पनि यु’द्ध रोकिएको छैन । म्यानमारका विभिन्न च’रमपन्थीले महामारीमा यु’द्धवि’रामको घोषणा गरेका थिए । तर, म्यानमारको सेनाले त्यसलाई अस्वी’कार गरेको थियो ।
आ’क्रम’णको जिम्मेवारी अहिलेसम्म कुनै पक्षले पनि लिएका छैनन् । उनीहरु एकले अर्कोलाई आ’रोप प्र’त्यारोप गरिरहेका छन् । एक वर्षदेखि यो क्षेत्रमा यु’द्ध चल्दै आएको छ । तर, पछिल्लो समय आक्रमण बढेको छ । म्यानमारका सेनाका प्रवक्ता टुन टुन नयीले सरकारलाई सहयोग गरिरहेको चलाकको ह’त्या गर्नुपर्ने सेनालाई कुनै कारण नरहेको बताएका छन् ।
स्रोत : रोयटर्स