logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पाैडेल ह’त्याका आराेपी खनाल बिरुद्ध अ’पहरणकाे मु’द्दा


  • राजनीति
  • शुक्रबार, बैशाख १९ २०७७

नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको ह’त्याका मुख्य दो’षी तत्कालीन प्रहरी महानिर्देशक सर्वेन्द्र खनालविरुद्ध बैशाख १८ गते राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय हरिहर भवन, लतितपुरमा जाहेरी दर्ता (उ’जुरी) भएको छ । खनालको नेतृत्वमा सांसदहरु महेश वस्नेत र गृष्णकुमार (किसान)समेत भै सांसद सुरेन्द्र यादवको अ’पहरण गरेका थिए । एकातिर प्रलोभन अर्कोतिर भ्र’ष्टाचार मु’द्दा लगाएर फसाउने ध’म्कि दिएर यादवको अ’पहरण गरिएको थियो ।

सर्वेन्द्र खनालको प्रत्यक्ष नेतृत्वमा परिचालित घुमुवा प्रहरीहरु कृष्णदेव (केडी) साह, श्री विनोद साह र सत्यनारायण मिश्रले पौडेललाई नि’यन्त्रणमा लिएर ह’त्या गरेका थिए । घुमुवा त्रयलाई खनालले प्रदेश नं. २ मा परिचालन गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगले ओली सरकारलाई “निर्देशन दिने, आदेश दिने र दुरुत्साहन गर्नेमाथि पनि का’रवाही गर्न आयोगको निर्दैशन छ” भनेको थियो । तर सरकारले खनालमाथि का’रवाही गर्नुको सट्टा राजनीतिक स्वार्थ प्रेरित भै अ’पहरणको नेतृत्व गर्न खटाएको देखियो ।

राष्ट्रिय मानवअधिकारको निर्देशन सरकारले पूरा नगरेपछि गएको माघ अन्तिममा ओली सरकारलाई सचेत गराउँदै आयोगले सरकारको त्यसप्रकारको अटेरीलाई “नेपालको संविधान धारा ६ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा–पत्र १९६६ धारा ६ को प्रतिकूल भएको” आ’रोप लगाएको थियो । सर्लाही जिल्ला प्रहरी कार्यालयले मु’द्दा दर्ता गर्न नमानेपछि कुमार पौडेलकी आमा दुर्गादेवीले हुलाकमार्फत जाहेरी गर्नुपरेको थियो ।

जाहेरीमा पीडित पक्षले तत्कालीन प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाललाई राष्ट्रिय मानवअधिकार आयोगले का’रवाहीको तयारी गरिरहेको सूचना पाएपछि बाध्य भएर घटनाका दो’षी प्रहरी त्रयलाई विभागीय कारवाही गरिएको थियो । तर सो ह’त्या र अ’पराधका मुख्य दो’षी, आदेश दिने, निर्देशनात्मक योजना दिने प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाललाई हालसम्म कुनै कार’वाही गरिएको छैन । सांसद अ’पहरणको जाहेरी पनि प्रहरीले दर्ता गर्न मानेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार