logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बस्नेत, खनाल बिरुद्ध अपहरणकाे मुद्दा दर्ता


  • राजनीति
  • सोमबार, बैशाख २२ २०७७

जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव अपहरणसम्बन्धी जाहेरी दर्ता भएको छ ।

सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको सो जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको हो । जाहेरीको दर्ता नम्बर १०४७ रहेको छ ।

पूर्वस्वास्थ्य रहेका यादव अपहरण प्रकरणको उजुरी काठमाडौं प्रहरीले लिन नपाएपछि जनता समाजवादी पार्टीका नेताहरु वैशाख १६ गते सरकारी वकीलको कार्यालय पुगेका थिए । तर सरकारी कार्यालयका अधिकारीले जाहेरी अध्ययनका लागि भन्दै छाडेर जानका लागि भनेका थिए ।

त्यसपछि कार्यालयले सोमबार अपहरको जाहेरी दर्ता गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ ।

पार्टी फुटाउने योजनासहित जनकपुरबाट यादवलाई अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएपनि डा यादव उक्त होटलबाट फुत्किएको दावी गरिएको छ ।

यस्तै सांसद यादवले घटनाको छानबिनका लागि राष्ट्रिय मानअधिकार आयोगमा पनि उजुरी दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार