logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भेरी नदिमा डाेरीले बाधीएकाे अवस्थामा भेटियाे लाेकेन्द्रकाे लास


  • राजनीति
  • बुधबार, जेष्ठ १४ २०७७

नगरपालिका–८ सोतीमा भएको घटनामा बेपता भएका एकजनाको शव भेटिएको छ । डोरीले ले बाँधेको अवस्थामा १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला परेको हो । यो सहित उक्त घटनामा परेर मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ । बुधबार डोरीले बाँधिएको अबस्थामा शव फेला परेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसिले पुष्टि गरेका छन् ।

सुनारको शव हातमा डोरी बाँधेको र टाउकोमा चोट लागेको अवस्थामा भेरी नदीमा फेला परेको हो । जेठ १० गते साँझ रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेपत्ता भएका थिए। बेपत्तामध्ये यसअघि ३ जनाको शव भेटिइसकेको छ भने २ जना अझै बेपत्ता छन्।

यसअघि भेरी नगरपालिका–४ का नवराज बिक र गणेश बुढा मगर तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिएको थियो। नवराज बिक मल्ल थरकी आफ्नी प्रेमिकासँग बिहेका लागि ‘भगाउन’ भन्दै १० जेठ साँझ आफ्ना १७ जना साथीसहित प्रेमिको गाउँ सोती पुगेका थिए। त्यहाँ पुग्दा नपुग्दै गाउँलेले लखेटेपछि उक्त घटना भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार