राजनीति
रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृ’त्यु भएका अभियुक्तलाई हिरास’तमा या’तना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।
प्रारम्भिक छानविनका क्रममा मृ’त्यु भएका अभियुक्त विजय महरालाई यात’ना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मिया निलम्बनमा परेका हुन् ।
प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले तीन जनालाई निलम्बन गरिएको बताए । घट’नाबारे थप छानविन भइरहेको उनले बताए ।
गृह मन्त्रालयको निर्देशनमा इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उपसचिव जोरेन्द्र अर्यालको नेतृत्वमा घट’नाको छानविन भइरहेको छ । छानविन समितिमा २ नं. प्रदेश प्रहरी गणका एसपी जयराज सापकोटा र राष्ट्रिय अनुसन्धान विभागका एक एसपी सदस्य छन् ।
समितिको प्रारम्भिक छानविनमा प्रहरी अधिकारीले या’तना दिएको देखिएको स्रोतको भनाइ छ ।
इलाका प्रहरी प्रकरण सार्वजनिक भएपछि डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालिएको थियो । हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइ सकिएको छ ।
गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको ह’त्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृ’त्यु भएको छ ।
१९ वर्षीय विजय शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृ’त्यु भएको दाबी गर्दै आएका थिए ।