logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

श्रीमतीको मृत्यु, सिआइडी पक्राउ


  • आश तमु
  • शुक्रबार, मंसिर १९ २०७७

पोखरामा दाइजोको विषयमा श्रीमतीको मृत्युपछि सिआईडी पक्राउ, हत्कडी लगाएर शब सतगत कार्यमा सहभागी गराइने भएको छ।

श्रीमतीको मृत्यु भए पछि राष्ट्रिय अनुसन्धान बिभाग पर्वतमा कार्यरत एक सिआईडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।

पक्राउ पर्ने अभियुक्त पोखरा महानगरपालिका वडा ३२ सातमुहाने स्थायी घर भएका सिआईडी अनन्त बिजय पण्डित रहेका छन। उनीबिरुध प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाउने तयारी गरिरहेको छ।

सिआईडी पण्डितकी श्रीमती ४६ दिने सुत्केरी २३ वर्षीय देवी बास्तोला पण्डितले गएको मंसिर १६ गते मंगलवार विष सेवन गरेकीमा उपचार हुँदा हुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार