logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बलात्कार पछि घाँटी थिचेर हत्या


  • पत्रपत्रिका
  • शनिबार, माघ २४ २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।

बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय खोचलेक र विद्यालयबाट झन्डै दुई किमि दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव फेला भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी बिहीबार राति नै घटनास्थल पुगेका थिए। जिल्ला सदरमुकाम गोठलापानीबाट मोटर चढेर झन्डै डेढ घण्टामा घटनास्थल पुगिन्छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवराज भट्टले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार