राजनीति
प्रहरी हि’रा’स’तमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको ब’ला’त्का’रपछि ह’त्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अ’नु’सन्धा’न अधिकृतसामू उनले ब’ला’त्का’रपछि घाँ’टी थि’चे’र ह’त्या गरेको बयान दिएका हुन् ।
४ फागुनमा प’क्रा’उ परेका उनले भट्टको ह’त्या गरेको स्वीकार गरेका उनले ब’ला’त्का’र भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले ब’ला’त्का’रपछि ह’त्या भएको निष्कर्ष निकालेको थियो ।
भट्टले ब’ला’त्का’र गरेको स्वीकार नगरेका कारण पी’डि’त परिवारले प्रहरीको अ’नु’सन्धा’नमा शं’का गरेका थिए र ब’ला’त्का’री प’क्रा’उ नपरेसम्म श’व नबुझ्ने अडान लिएका थिए ।
तर बिहीबार अ’नु’सन्धा’न अधिकृत र प्रहरी हि’रा’स’तमा आफूलाई भेट्न आएका परिवारका सदस्यसँग पनि भट्टले भागरथीको ब’ला’त्का’रपछि ह’त्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ । अ’नु’स’न्धा’नमा संलग्न अधिकृतहरुका अनुसार ह’त्या’पछि घडी र मोबाइल झरेको उनले बताएका थिए ।
‘घटनास्थलमा मोबाइल मात्र बरामद भएको थियो, हामीले घडीबारे सोध्दा अलि माथि फालेको उनले सुनाए’, अनुसन्धान अधिकृत स्रोतले भन्यो, ‘त्यहाँ गएर हेर्दा घडी पनि भेटियो ।’श’व भेटिएको स्थान ।
अभियुक्त दिनेशका बुबा दीपकराज भट्टले पनि हि’रा’स’तमा गएर छोरालाई प्रहरी कहाँ भेटेका छन् । त्यसक्रममा दिनेशले ब’ला’त्का’रपछि ह’त्या गरेको स्वीकारेका छन् ।
आफूहरुले दिनेशलाई भेटेर कुरा गर्दा घटनामा सं’ल’ग्न’ता स्वीकार गरेको काका लक्ष्मण भट्टले बताए । ‘कतै प्रहरीले कुनै प्रलोभन देखाएर स्वीकार्न लगायो कि भन्ने थियो, होइन रहेछ’, उनले भने, ‘जे हुनु भइसक्यो, ग’ल्ती भयो भनेको छ ।’
यद्यपि परिवारले भागरथीको श’व अझै बुझेको छैन । अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको भन्दै काका लक्ष्मण भन्छन्, ‘हाम्रो मुख्य चिन्ता घटनाको सबुद प्रमाणहरु केही नहोस् भन्ने हो ।’
उनको श’व जिल्ला अस्पताल, बैतडीमा छ । प्रहरीले भागरथीको भ’जा’इ’न’ल स्वाब सं’क’ल’न गरेर परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । रिपोर्ट आउन नमूना प्रयोगशालामा पुगेदेखि कम्तिमा १५ दिन लाग्ने प्रहरी अधिकृतहरु बताउँछन् ।
सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा हराएकी थिइन् । साँझसम्म घर नफर्किएपछि खोजी थालिएको थियो, भोलिपल्ट अपराह्न उनको श’व घर फर्किने बाटोमा सडकबाट ५० मिटर तल झा’डीमा भेटिएको थियो ।
घटनाको १४ औं दिनपछि प्रहरीले आरोपी कक्षा ११ मा पढ्ने दिनेशलाई प’क्रा’उ गरी सार्वजनिक गरेको थियो । उनीविरुद्ध भागरथीका दाइ केशवले कि’टा’नी जो’ह’री दिएका छन्, त्यसमा दिनेशको उमेर १८ वर्ष उल्लेख छ ।
कानुनतः उनी नाबालक भेटिए, दुई तिहाइ सजाय हुनेछ । उमेरको प्रमाणिकरणका लागि प्रहरीले विद्यालयलाई पत्राचार गरेको छ ।