राजनीति
ब’ला’त्का’रपछि ह’त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको श’व उनका आफन्तले बुझेका छन् ।
मृ’त भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले श’व बुझेका हुन् । श’वलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आ’र्य’घा’टमा अन्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए ।
भागरथीको श’व आजसम्म जिल्ला बैतडीको श’व’गृहमा राखिएको थियो । भागरथीको श’व’यात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो ।
शवयात्राका क्रममा रुवाबासीसमेत चलेको थियो । गत माघ २२ गते वी’भ’त्स र नि’र्व’स्त्र अवस्थमा मृ’त भेटिएपछि अ’प’रा’धी पत्ता लगाउनुपर्ने माग राख्दै आफन्तले उनको श’व बुझ्न अस्वीकार गरेका थिए । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो ।
भागरथीको श’व परीक्षण रिपोर्टमा ब’ला’त्का’रपछि ह’त्या भएको उल्लेख छ । सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भा’ग’र’थी’को ह’त्या’मात्रै गरेको बताउँदै आएका थिए।
तर बिहीबार दिनेशका बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने दिनेशले आफूले नै ब’ला’त्का’र गरी ह’त्या गरेको स्वी’का’र गरेको थियो ।
त्यसपछि मात्रै भा’ग’रथी’का आफन्तले श’व बुझ्न मानेका हुन् । श’व बुझ्नुभन्दा पहिला आज बिहान पीडित परिवारले प्रहरी अधिकृत तथा सम्बन्धित निकायलाई जिल्ला प्रशासनमा भेटेर अभियुक्त भनिएका दिनेशले बयान फेरिरहेकाले अझै पनि अ’नु’सन्धा’न निष्पक्षरुपमा गर्न आग्रह गरेका थिए ।
बुधबार नै भागरथीका दाइ शङ्कर भट्टले दिनेशका विरुद्ध क’र्त’व्य ज्या’न र ब’ला’त्का’रसम्बन्धी क’सु’रमा का’र’वा’हीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट म्याद थप गरी पाँच दिन अनुसन्धानका लागि अनुमति दिइसकेको छ ।
भागरथी र दिनेश एकै गाउँ चडेपानीका हुन् । नाताले दुवै दिदीभाइ पर्छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा भागरथी कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे ।
गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जङ्गलमा वी’भ’त्स र नि’र्व’स्त्र अवस्थामा फेला परेकी थिइन् ।
घ’ट’ना’को अ’नु’सन्धा’नका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोली खटिएको थियो ।
उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित रहेका थिए ।
दिनेशको श’ङ्का’स्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साविती बयानका आधारमा सार्वजनिक गरिएको बताएको थियो ।
दिनेशले घरायसी रिसिइबी र माघ २१ गते घटना भएको दिन विद्यालयको हाफटाइममा जिस्काएपछि घरजाने बाटो लबलेक जङ्गलमा ब’ला’त्का’र र ह’त्या गरेको बताइएको थियो । हाल वरिष्ठ उपरीक्षक पाण्डेको टोलीको नेतृत्वले थप अ’नु’स’न्धा’न गरिरहेको छ ।