logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

भागरथीकाे सामुहिक ब’ला’त्का’र पछि ह’त्या : विप्लव


  • राजनीति
  • आइतबार, फाल्गुन ९ २०७७

विद्राेही दल विप्लव नेतृत्वको नेकपाले हिजो अन्त्येष्टी गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको सा’मु’हि’क ब’ला’त्का’रपछि ह’त्या भएको ठहर गरेको छ ।

प्रहरीको अ’नु’स’न्धा’नबाट माघ २१ गते विद्यालयबाट घर फर्कंदै गरेकी भटट्को स्थानीय किशोर दिनेश भट्टले नजिकैको लवलेक जंगलमा पहिले घा’इ’ते बनाई त्यसपछि ब’ला’त्का’र र अन्तमा ह’त्या गरेको पुष्टि भएको थियो । त्यहि पुष्टिपछि दिनेशलाई प्रहरीले सार्वजनिक गरेर कानुनी प्रक्रिया अघि बढाएपछि हिजो भागरथीको अन्त्येष्टि समेत गरिसकिएको छ ।

तर,विप्लव नेकपाको दोगडा केदार गाउँपालिका कमिटीका इञ्चार्ज आजादले हिजो जारी गरेको विज्ञप्तिमा भने पार्टीको बुझाईमा दिनेश भट्टले मात्र नभई भागरथीमाथि सा’मु’हि’क ब’ला’त्का’रपछि ह’त्या गरिएको उल्लेख छ ।

आजादले भनेका छन् ‘निज भट्टलाई गहिरो ढंगबाट थप अनुसन्धान गरी दोषीहरूलाई कानुनी कठघेरामा उभ्याउन अनुरोध छ ।’
हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार