logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

यी हुन १० लाखसहित जुवाकाे खालबाट पक्राउ परेका माओवादी नेता


  • राजनीति
  • मंगलबार, बैशाख २८ २०७८

निषेधाज्ञाको सयममा काठमाडौंको सोह्रखुट्टे स्थित बहती पोखरीमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलमा जुवा खेल्दै गरेकालाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो ।

जुवाखालबाट १० लाख ९७ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । काठमाडौं महानगरपालिका–१६ स्थित सो जुवाखालबाट ३० बुक तास र जुवा खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइन पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा होटल संचालक पिताम्बर गौतम, भारतिय नागरिक कानु प्रधान, काठमाडौं घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक सहित २५ जना छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार