राजनीति
काठमाडौं । पूर्वमहान्यायाधीवक्ता रमेश बडालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालको बयानलाई विश्वासिलो तर्क मान्न नसकिने बताएका छन् ।
पक्राउ परेका टेकनाथले सरकारी वकिललाई दिएको बयानमा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहसहित माओवादी केन्द्रका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग उनको निवासमै लगेर भेट गराएको बताएका थिए ।
उनले सो भेटमा प्रचण्डले टोपबहादुर मार्फत सबै काम हुने बताएको र त्यसपछि काम पनि भएको तथा आफ्नो रोकिएको सुबिधा पनि सुचारु भएको बयानमा उल्लेख गरेका छन् । रायमाझीको तर्फबाट बायन गरिरहेका पूर्वमहान्यायाधीवक्ता बडालले नेता रिजालको बयानको प्रतिवाद गरेका हुन् ।
पूर्वमहान्यायाधीवक्ता बडालले रिजालले नै विभिन्न पुस्तकमा आफ्नो दिमाग आफ्नो नियन्त्रणमा नरहेको उल्लेख गरेको इजलासमा बताए । बडालले टेकनाथले बोलेकै भरमा टोपबहादुरलाई दोषी ठह¥याउने हो भने प्रमुख दोषी प्रचण्ड हुने दाबी गरे । उनले त्यसो भनेपछि न्यायाधीशले अब त्यतातिर नजाऔं भने ।
बडालले रिजालले लेखेका दुई वटा पुस्ताप पनि बोकेर आएका थिए । ती पुस्तकमा रिजालले भुटानको जेलमा आफुले चरम यातनाका कारण आफ्नो मानसिक अवस्था ठिक नभएको र आफ्नो दिमागलाई अरुले नै नियन्त्रण गरेको उल्लेख गरेका छन् ।
रिजालले लेखेका पुस्तकका दुई अंश बडालले पढेर सुनाउँदा अदालतको माहोल नै भावुक बनेको थियो । न्यायाधीशले रिजाललाई हेर्दै आँखा पुछेका थिए भने रिजालले दुवै हातले अनुहार छोपेका थिए ।