राजनीति
राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना चीन प्रस्थान गरेका छन ।
चीनको औपचारिक भ्रमणको लागि अध्यक्ष तिमिल्सिना शनिबार राती चीनतर्फ प्रस्थान गरेका हुन ।
तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाइना तिब्बत पर्यटन तथा साँस्कृतक एक्स्पोमा सहभागी हुन अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल चीन गएको हो ।
तिब्बतमा आगामी जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अथितिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको क्रममा अध्यक्ष तिमिल्सिनाले बेइजिन्ङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका प्रतिनिधिहरुसंग भेटवार्ता गर्ने र २१ जुन २०२३ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।