राजनीति
एक ८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा बागलुङमा एक युवकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाइएको छ ।
जिल्ला अदालत बागलुङले बडिगाड गाउँपालीका– ७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष ६ महिना कैद भुक्तान गर्न आदेश दिएको छ ।
अप्राकृतिक मैथुन गरेको पुष्टि गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै ४० हजार रुपैयाँ जरिवाना समेत भराउन आदेश दिएको इजलास अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।
निज रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको अभियोगमा पीडित बालकका अभिभावकले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले सोही दिन उनलाई आफ्नै घरबाट गिरफ्तार गरेर भदौ १३ गते उक्त अदालत बागलुङमा मुद्दा दर्ता गरेको थियो ।