राजनीति
सुदूरपश्चिममा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको मंगलबार गाडी दुर्घटनामा मृत्यु भएपछि प्रदेश सरकारले आज शोकबिदा दिएको हो । मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयमा झण्डा आधा झुकाइनेछ ।
हिजो डडेलधुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सु.प्र.प. ०१००१ झ ४८० नम्बरको जीप धारछेडामा दुर्घटना भएको थियो । दुर्घटनामा मन्त्री सिंहसहित उनकि पत्नी ५० वर्षीया अमृता सिंह र भाउजु ६० वर्षीया जयादेवि सिंहको पनि मृत्यु भएको थियो ।
दुर्घटना घाइते भएका गाडी चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दिपक भण्डारीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको छ ।