राजनीति
ताप्लेजुङमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको सिरिजंङ्घा गाउँपालिका- ३ सोकैचाका लक्ष्मण चाम्लिङ राईले चिर्पट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार राती राईले ३१ वर्षीया श्रीमती निशा राईको टाउकोमा चिर्पट प्रहार गर्दा निशाको घटनास्थमै मृत्यु भएको हो ।
मापासे गरेका राई घर आउँदा विवाद भएको थियो । विवादकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीको भनाई रहेको छ ।
लक्ष्मणलाई नियन्त्रणमा लिइएको र यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।