logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

उपप्राध्यापक प्रेम चलाउनेले गरे अनशन स्थगित


  • राजनीति
  • शुक्रबार, असार ८ २०८०

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् ।

आफुमाथि सांघातिक आक्रमण गर्नेहरुको मुद्दा सरकारले फिर्ता लिएको भन्दै पाँच दिनदेखि चलाउने त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि अनशन बसिरहेका थिए ।

सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरू माथिको मुद्दा  फिर्ता गर्ने मन्त्रीपरिषद्को तत्काल कार्यान्वयन नगर्नु भनि आदेश दिएपछि उनले आजदेखि अनशन स्थगित गरेका हुन् ।

अनशन स्थगित बारे जानकारी दिन चलाउनेले दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार