logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सिलवाल पक्राउ


  • राजनीति
  • शुक्रबार, असार ८ २०८०

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाल रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूले जाकारी दिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार