राजनीति
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरबाट एक जना पक्राउ परेका छन् ।
उदयपुरगढी गाउँपलिका– ८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङला) रहेका छन् ।
टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अस्थायी प्रहरी पोष्ट नेपालटारले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।